समाचार

रुकुम पछीको अर्को द’र्दनाक घ’टना पानी भन्न नपाई ९ जनाको गयो ज्या’न

पर्वत, ३२ जेठ । जिल्लाकाे कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी गएराति पहिरोमा पुरिएका ९ जनामध्ये थप २ जनाको श’व भेटिएको छ । तर उनीको पहिचान भने हुन बाँकी रहेको छ । यससँगै पहिराेमा परी मृ’त्यु हुनेकाे संख्या ८ पुगेकाे छ ।अझै १ जना बेपत्ता अवस्थामै रहेका छन् घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुवै परिवारका ९ जना पहिराेमा ह’राएका थिए पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा,उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको श’व भेटिएको हो ।बे’पत्ता १ काे खोजी कार्य

भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकाको खोजी कार्य जारी रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।प्रजिअ रेग्मीका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थियो । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उ’द्धार कार्य जारी छ । उ’द्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान चारजनाको शव फेला पारेको हो । घट’ना घ’टेको लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।

शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय बासीले बताएका छन् ।

Related Articles

Back to top button
Close