समाचार

बलात्कारीको लिंग काट्ने कानुन नबनेसम्म नारी, छोरी-चेली सुरक्षित छैनन्

काठमाडौं । गायिका मीना ढकालले बलात्कार गर्नेको लिंग काट्ने कानून नबने सम्म नारी, छोरी चेली सुरक्षित नहुने बताएकी छिन् । उनले यसखालको कडा कानुन नभएसम्म बलात्कारको शिकार भइरहने भन्दै लिंक काट्ने कानुनको माग गरेकी हुन् । खास गरिकन नेपालमा अहिले बलात्कारीलाई फासी दिनुपर्ने माग जोडतोडका साथ उठिरहेको बेला उनले भने यस्तो माग गरेकी हुन् ।

ढकालले यस्तो माग क्‍वारेन्टाइनमा बसेकी एक महिलालाई सामूहिक बलात्कारमा परेपछि गरेकी हुन् । कैलालीको, लम्कीचुहा नगरपालिका १ स्थित शहीद स्मृति माविको क्‍वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलालाई सामूहिक बलात्कारको सिकार भएकी हुन् । पीडितको जाहेरीपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

उनीहरूलाई हिजै जिल्ला प्रहरी कार्यालय ल्याइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम राणाले जानकारी दिनुभयो । उनीहरूलाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ । पीडित महिलाले क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकले शनिबार राति करिब सवा १२ बजे बलात्कार गरेको किटानी जाहेरी दिएकी छन् । हालै भारतबाट फर्केकी उनलाई ति युवाहरुले भिडियो बनाएर पै्रसा पनि मागेको आरोप छ ।

Related Articles

Back to top button
Close