समाचार

रवि सहित ३ जना पक्राउ परेपछि १० दिन लगाएर प्रहरीले जुटायो १०० प्रमाण, के के जुटायो त प्रमाण

चितवत-माउन्टेल टेलिभिजनमा कार्यरत रहँदा नै साउन २० गते चितवनको कंगारु होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध प्रहरीले १ सय वटा प्रमाण जुटाएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’विरुद्धको अभियोगपत्रमा प्रहरीले बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त, सम्झना पुडासैनीको जाहेरी दरखास्त लगायत गरी १ सय प्रमाण जुटाएको स्रोतको दाबी छ । प्रहरीले १० दिनभन्दा बढी समय लगाएर दशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा १०० प्रमाण जुटाउन सफल भएको बताइएको छ ।

जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्का बाहेक शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु गरेर १ सय प्रमाण जुटाएको स्रोतले जनाएको छ । आत्महत्याका लागी दुरुत्साहन गरेको अभियोगमा पत्रकार लामिछाने सहित युवज र प्रेमीका साउन ३० गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Related Articles

Back to top button
Close