समाचार

बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले बनायो कोरोनाको औषधि, हजार भन्दा धेरै संक्रमित निको

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको औषधि बनाउन नेपाललगायत विश्वका धेरै देशहरूमा अनुसन्धान भइरहेको छ । यो महामारीको खोप एक बर्षमा तयार हुने भनेर दाबी गरिएको छ । तर यी सबै बीचमा, पतञ्जलि आयुर्वेदका सह–संस्थापक आचार्य बालकृष्णले नयाँ दावी गरेका छन् ।

आचार्य बालकृष्णको दाबी छ कि पतञ्जलि कोरोनाको औषधि बनाउन सफल भएको छ । उनले यो पनि भनेका छन् कि यस औषधिले १ हजार भन्दा बढी मानिसहरु निको भएको दावा पनि गरेका छन् । आचार्य बालकृष्णले दावी गरे कि यो औषधी विभिन्न ठाउँहरूमा थुप्रै कोरोना संक्रमित बिरामीहरूलाई दिइयो, जसमध्ये ८० प्रतिशत मानिस निको भइसकेका छन् ।

आचार्य बालकृष्णले भने, ‘कोरोना महामारीले चीनसँगै विश्वभरि नै ढोका ढकढक्याएपछि मैले मेरो संस्थानको प्रत्येक विभागलाई कोरोनाको उपचार गर्ने औषधीमा काम गर्न लगाए । अब यसको नतीजा पनि आयो ।

यो औषधि सफलतापूर्वक परीक्षण मात्र गरिएको छैन, यो त तयार पनि भैसक्यो ।’ आचार्य बालकृष्णले भने, ‘यो औषधी शास्त्रहरु, वेदहरु पढेर र विज्ञानको सूत्रमा राखेर आयुर्वेदिक चीजहरूबाट बनाइएको हो । सयौं पतञ्जलि वैज्ञानिकहरूले यो औषधि निर्माण गर्न दिन रात काम गरेका छन् ।’

पतञ्जलि अनुसन्धान संस्थानका प्रमुख वैज्ञानिकले भने, ‘जनवरीदेखि चीनमा कोरोना शुरू भएको थियो । त्यो बेला देखि नै सयौं वैज्ञानिकहरूले दिन–रात कडा परिश्रम गरे । यस कडा मेहनतको नतीजा के भने हामी औषधि बनाउन सफल भएका छौं । एक हजार भन्दा बढि व्यक्तिहरु हाम्रो औषधीले निको भएका छन् ।

यसको सफलता प्रतिशत पनि ८० प्रतिशतको आसपास छ ।’ यस भन्दा पहिले पनि पतञ्जलिले विभिन्न रोगलाई लिएर यस खालका दावा गर्दै आएको छ । तर आफुहरु स्वंयम बिरामी पर्दा भने उनीहरु अन्यत्र गएर उपचार गराउँने गरेका छन् । यसकारण उनीहरुमाथि जनताको विश्वास खास रहँदैन् । स्रोतः आजतक

Related Articles

Back to top button
Close