समाचार

कञ्‍चनपुरमा क्वारेन्टाइनबाट घर पठाइएका १४ जनामा कोरोना देखियो

कञ्‍चनपुर, १ असार- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ को पर्सियास्थित स्वतन्त्र मावि क्वारेन्टाइनमा जेठ २२ मा २२ जनाको स्वाब संकलन गरिएको थियो । आठ दिनसम्म पनि परीक्षण रिपोर्ट नआएपछि उनीहरू सबैलाई शुक्रबार घर पठाइयो । तिनैमध्ये १४ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर गएको दोस्रो दिन आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

‘हामीले चार सातासम्म क्वारेन्टाइनमा राखिसकेका थियौं । स्वाब जाँच्न पठाएको पनि एक साताभन्दा बढी भएको थियो,’ लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश साहुले भने, ‘क्वारेन्टाइनमै कति दिन राख्ने रु फेरि रिपोर्ट पनि निकै ढिला आइरहेको छ ।’ लालझाडीमा शनिबार संक्रमण पुष्टि भएका १५ मध्ये १४ जना एकै क्वारेन्टाइनबाट घर गएका हुन् । उनीहरूको आइतबार साँझसम्म पनि खोजी हुन सकेको छैन । यो खबर कान्तिपुर दैनिकमा छ ।

महाकाली नगरपालिका–९ मा पनि क्वारेन्टाइनबाट घर पठाएको दोस्रो दिन आएको रिपोर्टमा तीन जनामा संक्रमण पुष्टि भएको छ । ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा रोक्नै सकिएन,’ महाकाली नगरका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने, ‘१०र१२ दिनसम्म पनि रिपोर्ट नआएपछि कति दिन थुनिराख्नु रु’

शनिबार कञ्चनपुरमा विभिन्न स्थानीय तहका २१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जना लालझाडीका हुन् । लालझाडीको शंकरपुर स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको साहुले जानकारी दिए । लालझाडीमा यसअघि पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीबाहेक सबै संक्रमित भारतबाट घर आएकाहरू हुन् ।

Related Articles

Back to top button
Close