समाचार

चितवनमा बम बिस्पोट, एक जना घाइते

चितवन, ९ भदौ । चितवनको राप्ति नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने पंफा खोलामा बम बिस्फोट भएको छ ।

दिउँसो १ बजेतिर भएको बम बिस्फाेटमा परी १ जना घाईते भएका छन् । स्थानीय राजन शिल्वालले शंकास्पद बस्तु देखे पछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।

कोईरालाका अनुसार चितवनमा आज विप्लव समुहले बन्दको घोषणा गरेको छ । बन्दपूर्व राखिएको बम विस्फाेटन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाईते सिलवालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातीमा चोट लागेको छ ।

Related Articles

Back to top button
Close