समाचार

भरतपुरमा प्रहरी र रविका समर्थकबीच झडप, अवस्था तनावग्रस्त

चितवन । चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएको हो ।

झडपपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ। गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको चितवन प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेको प्रहरी जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा हिडडुलमा समेत कडाई गरीएको छ । विहानैबाट निषेधित क्षेत्रमा माईकिङ गर्नुका साथै निषेधित क्षेत्रमा प्रवेस गर्नेलाई चेकजाँचमा कडाई गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधित क्षेत्र नतोड्न आग्रह गर्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका छन । उनले गोली चलाउने अवस्था आउन दिन नहुन सवै सम्यमित बन्नुपर्नेमा जोड दिएका छन ।

Related Articles

Back to top button
Close