अन्तर्राष्ट्रिय समाचार

देहत्याग गर्नु अघि सुशान्तले मृ’त आमालाई सम्झदै लेखेका थिए यस्तो कविता, बनायो सबैलाई भावुक

एजेन्सी । बलिउड क्षेत्रमा आफ्नो सफलताको उचाई चढ्दै गरेका एक ३३ वर्षका युवाले देहत्यागको निर्णय गरेको समाचारले अहिले वलिउड तातेको छ । जसले जुनसुकै परिस्थितीमा पनि देहत्यागको बाटो रोज्नुहुदैन भन्ने सन्देश दिने चलचित्रमा अभिनय समेत गरे । बलिउडका चर्चीत अभिनेता सुशान्त सिंह राजले देहत्यागको निर्णय गरेसंगै अहिले त्यसको कारण खोज्न थालिएको छ । ६ दिन मात्र भएको थियो उनको पूर्व म्यानेजरले पनि देहत्याग गरेकी थिइन् ।

सुशान्त सिंह राजपुत (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत) एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । सुशान्तर ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए।

टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

उनी सामाजिक सञ्जालमा निकै सकृय थिए । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका स्टाटस र सामग्रीले उनी कुनै मा
नसिक त’नावमा थिए भन्ने आकलन गर्न सकिन्छ । उनी एक्लोपनको सि’कार पनि भएका थिए । उनले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेको देख्न सकिन्छ । उनले आफ्नो जिवनको अन्तिम पलमा लेखेको एउटा कविताले उनमा निरासा थियो भन्न सकिन्छ । उनले यस्तो लेखेका थिए ।

धमिलो भएको विगत आँ’सुको थोपा बन्दै उडिरहेछ, असीम सपनाहरु छन् जसले मुस्कानलाई आकार दिइरहेका छन्, यो क्षणभरको जीवनले आँ’शु र मुस्कानबीच मोलतोल गरिरहेछ ।

यो नै अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम कविता थियो । कवितावाट उनको मनमा केही कुरा चलिरहेको छ भन्ने बुझ्न सकिन्छ । उनी जिवनको दुईवाटोमा थिए । मुस्कान रोज्ने की आँ’शु ? गत बुधवार इन्स्टाग्राममा पोस्ट गरेको उनको यो भावनामा धेरै कमेन्ट आएका छन् ।

उनले आफ्नी आमाको तस्बिर पोष्ट गर्दै कविताका यि दुई लाइन कोरेका थिए । जसमा आमा र आफ्ना तस्बिर थिए । उनले ति तस्बिर पनि श्यामश्वेतमा राखेका थिए । ह्या’सट्या’गमा लेखेका छन् ‘माँ’ लेख्दै सार्वजनिक गरेका यि कविता र उनले राखेका तस्बिरले उनी आमाको यादमा थिए भन्ने पनि बुझ्न सकिन्छ ।

सुशान्तकी आमाको सन् २००२ मा निधन भएको हो। उनले १६ वर्षको उमेरमा नै आमा गुमाएका थिए । आफ्नो प्रेम जिवनमा पनि असफ भएका उनी ए’क्लोपन महशुष गर्दै थिए भन्ने अनुमान लगाउन सकिन्छ । उनले लगातार आफ्नाी आमाको तस्बिर सार्वजनिक गर्दै स्टाटस लेखिरहेका थिए । यस अघि पनि उनले यस्तै भाव’नात्मक कविता लेखेर आमालाई सम्झिएका थिए ।

‘तिमी छँदा म पनि थिएँ, अब त म स्वयं पनि सम्झनामा मात्र छु, छायाँजस्तै‘

उनको यो कवितामा निकै ग’हिरो अर्थ लुकेको छ । अहिले उनी छाँया बनिसकेका छन् । आइतवार उनले देहत्याग गरे । उनले किन देहत्याग गर्ने निर्णय गरे भन्ने कुरा खुलिसकेको छैन । तर उनी एक्लोपनको अनुभव गरीरहेको र डि’प्रेश’नमा थिए भन्ने आँकलन गरिएको छ । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘छिछोरे’मा जस्तोसुकै अवस्थामा पनि देहत्याग गर्नु हुँदैन भन्ने सन्देश दिएका थिए । तर उनी आफैले यस्तो निर्णय गरेर सबैलाई अचम्म पारेका छन् ।

भारतीय टेलिश्रृङ्खला ‘किस देशमे हे मेरा दिलु, ‘पबित्र रिश्ता’ लगायतबाट उनी चर्चामा आएका थिए । चर्चीत उनलाई फिल्ममा पनि अफर आएपछि ‘काइ पो चेुबाट सन २०१२ मा बलिउड फिल्ममा डेब्यु गरेका थिए । ‘महेन्द्र सिंह धोनी’ को वायोग्राफिमा अभिनय गरेका उनलाई त्यसले पनि चर्चीत बनाएको थियो ।

एमएस धोनी अनटोल्ड स्टोरीमा खेलेपछि राजपुतलाई खेलाडीहरुले समेत सम्मान गर्छन् । धोनीको लुक आएका राजपुतले धोनीको जीवनीसँग न्याय गरेको धोनीले समेत बताएका थिए । धोनीको प्रेम कथादेखि लिएर क्रिकेटमा लागेको कथा त्यसमा समेटिएको थियो । सन् २०१६ सेप्टेम्बरमा आएको एमएस धोनीको बायोपिक चलचित्रमा धोनीले विश्वकप २०११ जितेको क्षण पनि समेटिएको थियो ।

Related Articles

Back to top button
Close