अन्तर्राष्ट्रिय समाचार

आफ्नै कोठामा यस्तो अबस्थामा भेटिएका थिए सुशान्त सिंह राजपुत

काठमाडौ, जेठ ३२ – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे तर उनले के कारणले आत्महत्या गरे भन्ने बारे खुख्न आएको छैन् । उनले भारतिय थुप्रै टिभि सिरियलमा अभिनय गरिसेकेका छन् । सुशान्तले २००८ मा बालाजि टेलिफिल्म्सको शो ‘किस देश में है मेरा दिल’ मा काम गरेका थिए ।

भारतिय टिभि सिरियल पबित्रा रिश्तामा अभिनय गरेर चर्चामा आएका राजपुतको निधनको खबरले बलिउड शोकको घडिमा पुगेको छ । आइतबार ३४ बर्षको उमेरमा मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्हत्या गरेका सुशान्तले ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका हुन् ।

‘केदारनाथ’, ‘छिछोरे’, ‘एम।एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म अभिनय गरेर फ्यनहरुको मन जित्न सफल भएका हुन् । ६ महिनादेखि डिप्रेसनको शिकार भएका सिंह आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । रिपोर्ट आएपछि उनको मृत्युबारे प्रष्ट हुने भारतीय संचार माध्यमले जनाएको छ । उनको निधन पछि तस्विर सामाजिक संजालमा भाइरल भएका छन् ।

Related Articles

Back to top button
Close