समाचार

अबदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम

काठमाडौं। लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृहमन्त्रालयको जेठ ३० गतेको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तैगरी सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क गर्नुपर्नेछ । त्यसैगरी बाहिरबाट उपत्यकामा आउन जुन नगरपालिकामा आउने हो सो नगरपालिकाको अनुमति चाहिने भएको छ।

त्यसरी दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ । त्यस्तै काठमाडौ जिल्लाभित्र जोरविजोर प्रणाली लागू भएकाले जिल्ला भित्रकै लागि भने सवारी पास दिन बन्द गरिएको जनाएको छ।

Related Articles

Back to top button
Close