समाचार

सबै भन्दा माथि,नेपाल र नेपाली भन्दै गगन थापाले राखे ‘प्रोफाइल पिक्चर’ यस्तो : २ घण्टामा ४२ हजार लाईक

काठमाडौं-कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्ने गरी शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुकमा ‘प्रोफाइल पिक्चर’ नै परिवर्तन गरेका छन्। सांसदहरू नेपालको नयाँ नक्सा निशान छापमा राख्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुईतिहाइभन्दा बढी मतले पारित भएको खुसीयालीमा सांसद थापाले आफ्नो छातीमा नयाँ नक्सा राखिएको प्रोफाइल पिक्चर फेसबुकमा अपलोड गरेका हुन्।

नयाँ प्रोफाइल पिक्चर राख्दै नेता थापाले स्टाटस लेखेका छन्, ‘सबै भन्दा माथि, नेपाल र नेपाली!’ उनको नयाँ प्रोफाइल पिक्चरलाई याे खबर लेख्दासम्म ४२ हजार जनाले लाइक गरेका छन् भने २७ सय वटा कमेन्ट आएका छन्। यस्तै २९२ जनाले उनकाे प्राेफाइल पिक्चर सेयर गरेका छन्।

संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । योसँगै अब निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मतपारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । निशान छापमा अंकित नेपालको नक्सालाई नेपालको सी’मा अनुकुल परिवर्तन गर्नका निम्ति संविधान संशोधन हुन लागेको हो ।

Ads by AdMana.net
नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ । यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ । भारतले अ’तिक्र’मण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। राष्ट्रियता, भौगोलिक अ’खण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत भएका हुन् ।

यसअघि प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए। सुरुदेखि नै नयाँ नक्साको निर्णयमा वि’रोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव भने खा’रेज भएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभामा दफावार छलफलको लागि राखिएको निशानछापमा मुलुकको नयाँ नक्सा प्रतिस्थापन गर्ने प्रस्तावको पक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, डा. शशांक कोइराला, भीमबहादुर रावल, प्रकाशमान सिंह, पम्फा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, गोकर्णराज विष्ट, देवेन्द्रराज कँडेल, देवेन्द्र पौडेल, डा.अमरेशकुमार सिंह, गणेशसिंह ठगुन्ना, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, रामबहादुर विष्ट र लालबाबु पडित धारणा राखेका थिए । सबै सांसदले राष्ट्रियताको विषयमा एकमत हुनु नेपालीको विशेषता भएको उल्लेख गरे ।

Related Articles

Back to top button
Close