समाचार

दाङमा एकै दिन देखिए ५६ जना कोरोना संक्रमित

दाङ, ३२ जेठ । दाङमा आइतवार एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो । बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् ।

जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् । यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२जना कोरोना संक्रमित भेटिएका छन्।

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान
नवलपरासी जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका रु दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन् । नवलपरासी समाज जापानले रु एक लाख तथा नवलपुर समाज जापानले रु एक लाख सात हजारबराबरको सामग्री उपलब्ध गराएको हो ।

दुवै संस्थाले पठाएको रकमबाट गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले स्वास्थ्य सामग्री खरिद गरी शनिबार ती दुई गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो । ती संस्थाले पठाएको रकमबाट ४०० थान झुल, ४०० थान बेड कभर, १६० थान ब्लाङ्केट, चार रोल पिफर्म म्याट खरिद गरिएको थियो ।

त्यस्तै, काठमाडौँको करुणा फाउण्डेशन र क्रियशन पोसिबिलिटी नामक संस्थाले उपलब्ध गराएको २४ थान व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई०, १६ वटा थर्मल गन, ४०० थान एन–९५ मास्क, १० लिटर ह्याण्ड सेनिटाइजरसमेत प्रलेशसभा सदस्य लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटी र बौँदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठलाई प्रदान गर्नुभएको थियो ।

बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले स्रोत साधनको अभाव, यातायातको असुविधा, स्वास्थ्य परीक्षणका लागि नजिक अस्पताल नहुनु, स्वाब परीक्षण नतिजा ढिला आउनु तथा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नजिक बजारको अभावलगायत विभिन्न समस्या झेल्नुपरेको गुनासो गर्नुभयो ।

Related Articles

Back to top button
Close