समाचार

झापामा गुञ्जियो नारा, ओली ‘सरकार तिम्रो कर्मले छाती फुल्छ गर्वले’

झापा सरकारले सीमा रक्षाका लागि चालेको कदमप्रति जनस्तरबाट व्यापक समर्थन भएको छ । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पिराधुरा समेटिएको नक्सा सार्वजनिक गर्दै सरकारले भूमि फिर्ताको प्रारम्भिक प्रयास अघि बढाएको थियो ।

शनिवार संसदले निशान छाप परिमार्जनका लागि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेपछि त्यसको समर्थनमा देशव्यापीरुपमा खुशीयाली प्रकट भएको हो । जनस्तरबाट अहिले साँझ बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन गर्नुअघि नेकपा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाई, संविधान सभा सदस्य मनकुमार गौतम लगायतले नेपाली भूमि फिर्ताका लागि सरकारले थालेको प्रयास प्रशंसनीय रहेको बताएका छन् ।

दीप प्रज्वलनमा सहभागीले भारतीय हस्तक्षेपविरुद्ध चर्को नारावाजी गरेका छन् । उनीहरुले जनताको सरकार जिन्दावाद भन्दै ‘सरकार तिम्रो कर्मले छाती फुल्छ गर्वले’ लगायतका नारा पनि लगाएका छन् ।

दमकमा दिप प्रज्वलन् गरी खुसियाली मनाइयो

गणतन्त्र चौकमा दमक नगरपालिकाका मेयर रोमनाथ ओली ,उपमेयर गीता अधिकारी लगायत जनप्रतिनिधि , राजनितिक दलका प्रतिनिधि र स्थानिय नगरबासीहरुको उपस्थितिमा दिप प्रज्वलन् गरी खुसियाली साटासाट गरिएको हो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सबै नेपाली जनता र राजनितिक दलका नेताहरुले गर्व महसुस गर्नुपर्ने भन्दै नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई धन्यबाद ज्ञापन गरे ।

सो दिपावली कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्नु अत्यान्तै महत्वपूर्ण कदम र साहसिक काम भएको बताए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख र सबै सांसदहरुको प्रशंसा गर्दै धन्यबाद दिए ।

Related Articles

Back to top button
Close