समाचार

नेपालको नयाँ नक्साले आज आधिकारिता पाउँदैछ ,सरकारविरुद्ध दबाब नबढाऔं : मनिषा कोइराला

काठमाडौं, ३१ जेठ । अभिनेत्री मनिषा कोइरालाले आफ्नो भूमि प्रति दर्शाएको मायाको कारण उनी हाल निकै चर्चामा छिन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आज पनि नेपालको नयाँ नक्साबारे एक ट्वीट गरेकी छिन् ।अभिनेत्री मनिषाले नेपालको संसदले देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने दिन सरकारविरुद्ध सडकबाट दवाव नदिन आग्रह गरेकी छिन् ।ट्विटरमार्फत उनले सरकार अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ भन्दै आजकै दिन उनीहरु सरकारमाथि दवाव दिन खोज्नु सुहाउने पक्ष नभएको बताएकी छिन् ।

केही समय अगाडि मनिषाले मन्त्रिपरिषदले नेपालको नयाँ नक्सा पारित गरेको समयमा त्यसको समर्थनमा ट्विट गरेकी थिइन् ।उक्त ट्विटलाई लिएर भारतमा उनको विरोध सुरु भएको थियो । भारतीय मिडियाहरु उनीमाथि खनिएका थिए । उनलाई भारतीय मिडियाहरुले भारतको खाएर चीनको गएको सम्मको आरोप लागएको थियो ।

Related Articles

Back to top button
Close