समाचार

Breaking: नेपालमा आज थप २७३ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमान्डौ , नेपालमा पछिल्लो २४ घन्टामा आज थप २७३ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार थप २७३ जनामा कोरोना पुष्टि भए पछी नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७३ जनामा कोरोना पुष्टि भएको हो ।आज पुष्टि भएका संक्रमितहरु झापा , रौतहट , मोरङ , पर्सा , बार , पर्बत , नवल परासी पश्चिम , दैलेख , सुर्खेत , कपिलबस्तु , दाङ , बाके , रोल्पा , बर्दिया , महोत्तरी , सर्लाही , गुल्मी , रुपन्देहीक रहेका छन ।

संक्रमितहरु रहेको जिल्ला ७२ रहेको उनले बताए ।त्यस्तै नेपालमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ। यो संगै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।स्वास्थ्य मन्त्रलायका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २ जनाको कोरोना बाट ज्यान गएको पुष्टि गरेका छन । उनका अनुसा बारा र पर्साका एक एक जना गरी दुई जनाको मृ’त्यु भएको हो। प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको व्य’वहारिसे श’वको स्वा’ब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। जेठ २८ गते श’व भेटिएपछि उनको स्वा’ब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो।

शुक्रबार उनको स्वा’बको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए। त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको समेत कोरोनाकै कारण मृ’त्यु भएको छ। उ’च्च ज्व’रोका कारण जेठ ३० गते वीरगन्ज हे’ल्थ के’यर अस्पतालमा भ’र्ना भएका बालकको स्वा’ब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको नि’धन भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।

Related Articles

Back to top button
Close