Friday, February 28

वैदेशिक रोजगारीले जुराएको जोडी, फिलिपिनो लिम्बुनी : घर बिर्तामोड, माइती फिलिपिन्स ! [ भिडियाे सहित ]

January 15, 2020 320

वैदेशिक रोजगारीले जुराएको जोडी, फिलिपिनो लिम्बुनी : घर बिर्तामोड, माइती फिलिपिन्स ! [ भिडियाे सहित ]
झापा। क्रिष्टिना भिल्लारमीनो प्रसाई । नाम सुन्दै थाहा हुन्छ, उहाँ नेपालीसित बिहे गरेकी विदेशी महिला हो । तर क्रिष्टिना भन्नुहुन्छ ‘म त लिम्बुनी ।’ अनि मुस्कुराउँदै थप्नुहुन्छ ‘मलाई आफू लिम्बुनीजस्तै लाग्छ, अरुले पनि यसै भन्छन् ।’ तर क्रिष्टिना ‘लिम्बू’ त हुँदै होइनन् ।

गोलो अनुहार, सेतो छाला । रिष्टपुष्ट देखिने ज्यान । ‘ब्वाइज कट’ काटेको छोटो कपाल । क्रिष्टिनालाई देख्दा सबैले सोध्छन्, ‘नानीको माइती चाहिँ कता ?’
त्यतिबेला फेरि क्रिष्टिना भन्नुहुन्छ, ‘म त लिम्बुनी ।’ ‘लिम्बुनी भनेपछि ताप्लेजुङ, पाँचथर कतै होला भन्ठाछन् होला, बाँकी सोध्दैनन् ।’
क्रिष्टिनाले आफूलाई ‘म त लिम्बुनी’ भन्नुको दुईटा कारण छन् ।

पहिलो, फिलिपिन्सकी छोरी भए पनि आफ्नो रुपरंग नेपालको लिम्बू समुदायसँग मिल्दोजुल्दो छ । सबैले लिम्बुनी भन्छन् भने उहाँलाई पनि लिम्बू नै हुँ भन्न सजिलो लाग्छ ।

दोस्रो, बिहे गरेर नेपाल आउँदा क्रिष्टिनालाई नेपाली आउँदैनथ्यो । जानेको एउटा शब्द यही एउटा थियो । त्यसैले परिचयमा लिम्बूनी भन्न सजिलो भयो ।

सन् २००९ मा पहिलोपटक नेपालकी बुहारी भएर झापाको घरमा भित्रिंदा गाउँका मानिस विदेशी बुहारी हेर्न भेला भए । विदेशी केटी भनेपछि धेरैको मनमा नेपाल घुम्न आउने गोरी, अग्ली युरोपेली र अमेरिकी महिलाको अनुहार आउँछ ।

तर क्रिष्टिनाको अनुहार र उचाई मान्छेका दिमागमा बसेको विदेशी महिलाको भन्दा अलग छ । विदेशी बुहारी हेर्न आएका मान्छेले भन्न थाले, ‘विदेशी केटी भन्थे, डल्ली लिम्बूनी पो ल्याए छ ।’

त्यो क्षण सम्झंदै क्रिष्टिना भन्नुहुन्छ, ‘त्यहीबेलादेखि मलाई लाग्यो, म मान्छे त फिलिपिन्सकी थिएँ, तर नेपाल आएपछि लिम्बू नै हुँ जस्तो लाग्यो ।’
भिडियो हेर्नुहोस:

Loading...

प्रतिकृया दिनुहोस्