समाचार

पोलियो थोपाले को’रोना सं’क्रमणबाट जोगाउने अमेरिकी विज्ञहरुको दावी

विश्वमा को’रोनाबि’रुद्धका खोप उत्पादनका लागि तीब्र गतिमा काम भ’इरहँदा केही बरिष्ठ विज्ञहरुले पोलियोबिरुद्धको खोपले को’रोना सं’क्रमणबाट जो’गाउनसक्ने बताएका छन् । ५ जनाको बरिष्ठ विज्ञहरुको टिमले साइन्स म्यागाजिनमा प्रकाशित गरेको रिपोर्ट अनुशार पोलियोबिरुद्धको खोपले को’राना सं’क्रमणबाट जोगाउनसक्ने कैयन प्रमाणहरु रहेका छन् ।

साइन्स म्यागाजिनमा प्रकाशित रिपोर्ट यहाँ पढ्नुहोला ।

मुखबाट दिइने पोलियो थोपा सुरक्षित, सस्तो र ब्यापक रुपमा उपलब्ध रहेको छ । एक बिलियन भन्दा धेरै डोजहरु उत्पादन भ’इसकेको पोलियो थोपा बार्षिक रुपमा १४० भन्दा धेरै देशहरुमा प्रयोग गरिदै आएको छ । उक्त खोपले विश्वब्यापी रुपमा पोलियो लगभग उन्मुलन गरिसकेको छ ।

मुखबाट दिइने पोलियो थोपाले कमजोर प्र’कारको पोलियो भा’इरसको प्रयोग गर्छ । उक्त जीवित खोपले ला’मोसमय चल्ने इम्युन प्रतिकृया पैदा गर्छ । विज्ञहरुले पोलियोबिरुद्धको खोप को’रोनाभा’इरसबिरुद्ध प्रयोग गरेर हेर्न सुझाव समेत दिएका छन् ।

एफडीएका कोन्स्टान्टिन चुमाकोभ र युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको ह्युमन भा’इरोलोजी इन्स्टीच्युटका डाक्टर रोबर्ट गालोले अन्य साथीहरुसँग मिलेर उक्त रिपोर्ट लेखेका हुन् । गालो एड्सको कारक भा’इरस एचआईभी पत्ता लगाउने व्यक्ति हुन् भने चुमाकोभ एफडीएमा भ्याक्सिन डिभिजनमा शोभसम्बन्धि एसोसिएट डाइरेक्टर हुन् ।

उनीहरुले को’रोनाबि’रुद्ध पोलियो खोप ओपीभीको प्रयोग गर्न प्रस्ताव गरेका छन् । को’रोनाभा’इरस र पोलियो भाइरस एउटै प्रकृतिका भा’इरस रहेको तथा उनीहरु एउटै प्रकारको इम्युनिटी मेकानिज्मबाट परास्त हुनसक्ने उनीहरुले बताएका छन् । उनीहरुले मुखबाट दिइने पोलियो थोपाले अस्थायी रुपमा भएपनि को’रोनाको सं’क्रमणबाट जोगाउन सक्ने बताएका छन् ।

Related Articles

Back to top button
Close