समाचार

नेपालको इतिहासमै सबै दलको एक ठाउमा हुदा सरिता गिरीले आफ्नै देश बिरुद्द भोट गर्दै ( पूरा हेर्नुहोस )

काठमाडौं / समाजवादी पार्टीकी सांसद सरिता गिरीले पार्टीको ह्विप नमान्ने संकेत गरेकी छिन् । समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ।

तर उनले पार्टीको ह्विप लाग्ने पत्रमा हस्ताक्षर नगरेको राजपाका एक सांसदले जानकारी दिए । गिरीलाई समाजवादी पार्टीले दोहोर्‍याएर ह्विप नमाने कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

गिरीले पार्टीको निर्देशनबारे ‘सोचेर निर्णय लिने’ उल्लेख गर्दै संसदीय दलको बैठकबाट बाहिरिएको बताइएकाे छ । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गरेको छ । गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरे नयाँ निशान छाप बहुमतले पारित हुनेछ। गिरीले मत दिएको अवस्थामा सर्वसम्मत हुनेछ।

Related Articles

Back to top button
Close