समाचार

संविधान संशोधनको क्षणमा पानी परेर शुभ साईत, काठमाडौंसहित विभिन्न जिल्लाहरुमा वर्षा

काठमाडौं । देशका विभिन्न भागहरुमा वर्षा सुरु भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा वर्षा सुरु भएको हो । अहिले १ बजे संविधान संशोधन प्रस्ताव पारित हुँदैछ । राजधानी काठमाडौ लगायतका स्थानमा अत्यन्तै शितलता प्राप्ति हुने पानीको बर्षा भइरहेको छ । कुनै कार्यको अन्तिम क्षणमा पानी पर्नु नेपाली समाजमा शुभ साईत मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३१ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १,प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०१ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ३,प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Related Articles

Back to top button
Close