समाचार

मोटरसाईकल दुर्घटना हुँदा संगै बसेकी छोरीकोनिधन, बुवा गम्भीर घाईते

कञ्चनपुर : कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको निधन भएको छ । कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा बालिकाको निधन छ भने बुबा गम्भीर घाईते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा निधन भएको बताए।

दुर्घटनामा परी बालिकाका बुबा समेत रहेका चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाईते भएका छन्। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए। अस्पतालले अवस्था गम्भीर रहेकाले अन्यत्र लैजान भनेको छ।

सडकमा चलिरहेको मोटरसाइकलमा रुखको हाँगा खसेपछि दुर्घटना भएको हो । रुखको हाँगा काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Related Articles

Back to top button
Close