समाचार

कोरोना महामारीलाई लिएर आयो यस्तो डरलाग्दो खबर, दोस्रो फेज सुरु भएको खुलासा

काठमाडौं । अहिले विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता सुरु भएको छ । तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तामा परेका छन् ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल रायनले विश्व अहिले महामारीको पहिलो लहरसंग जुधिरहेको भन्दै यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताइन्छ ।

केही मुलुकमा अब संक्रमणका नयाँ घटना आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भन्न सकिने बताइएको छ । डा रायनले भाइरसमाथि केही नियन्त्रण पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्ने भनिएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानम गिब्रिएसुसले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै अति संवेदनशील यो भाइरसको दोस्रो लहरले हमला गर्ने सम्भावना रहेको बताउनुभयो ।

अर्को तिर चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ । बेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ । दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ ।

Related Articles

Back to top button
Close