अन्तर्राष्ट्रिय समाचार

चीनमा भेटिन थाले नयाँ संक्रमित, कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढ्यो

काठमाडौं । चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ । नयाँ संक्रमित देखिएपछि वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको बताइएको छ । अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीब्र बनेपछि अस्पतालका बेडहरु भरिन थालेका छन् ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानम गिब्रिएसुसले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै अति संवेदनशील यो भाइरसको दोस्रो लहरले आक्रमण गर्ने सम्भाबना बताए ।

विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ ।विश्व अहिले महामारीको पहिलो लहरसंग जुधिरहेको भन्दै यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताए ।

Related Articles

Back to top button
Close