समाचार

दिनहुँको आ’न्दोलन र भी’डभाडले संक्रमण भ’यावह हुन सक्ने

काठमाडौं, सरकारले कोरोना नियन्त्रणका लागि चालेका क’दम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भी’डभाडसहित प्र’दर्शन गर्दा जो’खिम निम्तने र स्थिति भ’यावह हुन सक्ने चे’तावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अ’त्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको ग’म्भीर ध्यानाकर्षण गराएका छन् ।यस्ता प्र’दर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भ’यसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्र’दर्शन रो’क्न र त्यस्ता प्र’दर्शनमा नजानसमेत सुझाव दिएका छन् ।

उनीहरूले लगातारको प्र’दर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चि’न्ता व्यक्त गरेका छन् ।उनीहरूले आ’न्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आ’न्दोलनमा उत्’रिएका नागरिकलाई सुझाव दिएका छन् । कुनै व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भए श्वासप्रश्वासको माध्यमबाट कोरोना भाइरस फैलिने भन्दै आ’न्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई द’बाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । हाल राजधानीलगायत देशका विभिन्न स्थानमा दैनिक सरकारविरुद्ध सडकमै प्र’दर्शनकारी उ’त्रिएर आ’न्दोलन गर्दै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उ’पयुक्त विकल्प भएको बताए । उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुतर्फ गइरहेकाले जमघट र भी’डभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चे’तावनी पुनले दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Related Articles

Back to top button
Close