समाचार

आज ओली सरकारले ठुलो निर्णय लिंदै ! सर्वसाधारणमा छाउने छ खुसियाली !

काठमाडौं –प्रधानमन्त्री ओलीले केही महिनाअघि मात्र भनेका थिए, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, त्यहाँबाट भारतीय सेना फिर्ता पठाउँछु ।’ कालापानीबाट भारतीय सेना भारतलाई फिर्ता र नेपाली भुमि नेपालमा फिर्ता ल्याए ओलीको राष्टवादी देखेर सगरमाथाले सम्मानको .शिर निहुँर्याउने छ । अन्यथा सडक बल्नेछ, संसद घेरिनेछ, वालुवाटारको घरेलु बैठक छोडेर ओली विवस यात्रामा निस्किनुपर्ने छ ।

कम्यूनिष्ट सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको वास्तविक अग्निपरीक्षा शूरु भएको छ । कोरोनाको महामारीबाट नागरिक बचाउने कि, भारतीय विस्तारवादबाट भूमि जोगाउने ? प्रधानमन्त्री ओली अहिले दुई अग्निपरीक्षाको कठघरामा उभिएका छन् ।

५० बर्षको कठोर राजनीतिक यात्रापछि प्रधानमन्त्री ओली देशको कार्यकारी पदमा छन् । राजनीतिक यात्रा थाल्दा नागरिक मुक्तिको कसम खाएका ओलीको कोरोना महामारीले परीक्षा लिइरहेको छ । चीन र अमेरिकामा चल्ने बुलेट ट्रेनकै गतिमा कोरोना भाइरस फैलिन थालेको छ । कोरोना नियन्त्रण गर्न सकिएन भने, कलिलो उम्मेरमा ओलीले खाएको नागरिक मुक्तिको कसम बृद्ध अबस्थामा पुग्दा चक्नाचुर हुनेछ ।

बहुमत प्राप्त पार्टीको शक्तिशाली प्रधानमन्त्रीमा सपथ खाँदै गर्दा प्रधानमन्त्री ओलीले एउटा वाचा गरेका थिए, ‘रोग र भोकबाट कुनैपनि नागरिकलाई मर्न दिँन्न ।’ समयको चक्रले ओलीलाई आफ्नै बाचाको कठघरामा खडा गरिदिएको छ । कोरोनाको महामारीमा रोग र भोकले नागरिकले ज्यान गुमाएनन् भने ओली इतिहासको पन्नामा सम्झना र गर्व गर्न लायक राजनेता हुनेछन् । अन्यथा विरोधीले लगाउने गरेको अखाने र गफाडी आरोप प्रमाणित हुनेछ ।

सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ । लिम्पियाधुरा, कुटी, गुन्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

यसैगरी, नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । २७ जेठको प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै समाजवादीका सांसदहरूले विधेयकको पक्षमा पार्टीले मतदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

करिव दुई महिना लकडाउन गर्दा पनि नेपालमा कोरोना नियन्त्रणमा आएन । भारतीय प्रहरीले नेपालमा कोरोना फैलाइरहेको छ । भारतमा बसिरहेका नेपालीहरुलाई गाडीमा राखेर सीमामा ल्याउने र चोरबाटा देखाएर नेपाल पठाउने काम गरिरहेको छ । कोरोना महामारीमा दुई देशबीच भएको सहमति भारतीय प्रहरीले उलंघन गर्दा पनि ओली सरकार मौन छ । जसको परिणाम दिन दुई गुना रात चार गुना कोरोनाको संक्रमण बढीरहेको छ ।

कालापानीको पुरानो विस्तारवादी रोगबाट देशलाई मुक्त गर्ने कार्यभार ओलीलाई यतिबेला नै थपिएको छ । सन् २०६२ मा इन्डो चाइना युद्धका बेला भारतले नेपाली भूमि कालापानीमा आफ्नो फौज राखेको थियो । करिव ७० बर्षअघिको भारतीय विस्तारवादी रोगबाट ओलीले देशलाई बचाउनुनै छ । ओली र कम्यूनिष्ट सरकारसँग नेपाली भूमि फिर्ता ल्याउने सुनौलो अवसर र चुनौति दुवै छन् । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि त्यसको तरंग एकपटक फेरी माइतिघर मण्डला र संसदभित्र देखापरेको छ । विश्व महामारीबाट आतंकित भइरहेका बेला भारतले आफ्नो विस्तारवादी छविलाई कालापानीमा प्रकट गरिरहेको छ ।

Related Articles

Back to top button
Close