समाचार

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको करीब ९० हजार

काठमाडौ । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । बजार खुल्दा बुधबार सुनको मूल्य प्रतितोला ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा एक हजारले बढेका छ ।

तर शुक्रबार भने मात्र २ रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला ८९ हजार ६०२ कायम छ । शनिबारपनि यही मुल्य कायम रहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९५० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।

Related Articles

Back to top button
Close