समाचार

शुक्रबार युएईबाट नेपाल आएकी महिलामा कोरोना संक्रमण

काठमान्डौ , युएईबाट नेपाल आएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गत शुक्रबार युएईबाट आएकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि हो । जेठ २३ गते युएईमा अलपत्र १५७ जना नेपाली एअर अरबियाको (जी नाइन १७५१) चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा आएकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन ।युएईबाट आएपछि उनी मुलपानीस्थित सरकारले तोकेको क्वारेन्टिनमा थिइन ।

त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनसँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको कन्ट्याक्ट टेसिङ गर्ने बताएको छ ।उनलाई आजनै उपचारको लागि पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।तस्बिर : फाइल

Related Articles

Back to top button
Close