समाचार

क्वारेन्टाइनमा १७ दिन बसेर घर हिडेका एक जना बाटोमै मृ ’ त भेटिए

कालिकोट। कर्णालीको कालिकोट जिल्लामा क्वारेन्टाइनबाट घर फर्किएका एक बाटामै मृ’त भेटिनु भएको छ। नरहरीनाथ गाँउपालिका–१ का ६० वर्षे वृद्ध शुक्रबार बाटोमा मृ’त फेला पर्नुभएको हो। भारतबाट आएर कोलिकोटको सदरमुकाम मान्मस्थित एक होटलमा जेठ १२ गते देखि क्वारेन्टाइनमा बस्नुभएका उहाँ बिहीबार घर हिड्नु भएको थियो।

आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि घर फकिएका उहाँ शुक्रबार लालिघाटको मृ’त अवस्थामा अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। उनको मृ’त्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृ’तक वृद्धले शुक्रबार बिहान लालिघाटमै बसेर गाउँ जानका लागि गाडी खोजिरहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । दिउँसो उहाँ मृ’त अवस्थामा भेटिनुभएको हो ।

Related Articles

Back to top button
Close