Monday, April 6

अमेरिकाबाट ‘ए मेरो हजुर ४’का लागि आउनसाथ सुहानाको भेट अनमोलसंग, दिईन् उपहार

January 7, 2020 498

अभिनेत्री सुहाना थापा छायाँकनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’को लागी नेपाल आएकी छन् । अमेरिकामा अध्ययन गरिरहेकी सुहानाले झरना थापको निर्देशनमा निर्माण भएको दास्रो सिनेमा ‘ए मेरो हजुर ३’बाट सफल डेव्यु गरेकी हुन् । निर्माता सुनिल कुमार थापा र अभिनेत्री झरना थापाकी छोरी सुहानालाई स्टार अभिनेत्रीको रुपमा हेर्न थालिएको छ ।

शनिबार नेपाल ल्याण्ड भएकी सुहाना त्यही दिन साँझ ललितपुरमा आयोजित कामना अवार्डको पाँचौं संस्करणमा डेव्यु अभिनेत्रीको अवार्ड उचाल्न पुगेकी थिइन् । उनै सुहानाले आइतबार ‘ए मेरो हजुर ४’का मुख्य अभिनेता सुपरस्टार अनमोल केसीसँग भेटघाट गरेकी छन् । केहीदिनबाट वर्कसप सुरु हुने सिनेमाको छायाँकन माघ १६ गतेबाट हुँदैछ । सुहानाले अनमोललाई भेटेको फोटो निर्देशक झरना थापाले फेसबुकमा साझेदारी गरेकी छन् ।

सार्वजनिक तस्वीरमा ‘ए मेरो हजुर ३’ रिलिज पश्चात पहिलो पटक अनमोललाई भेट्न पाउँदा निकै खुशी देखिएकी छन् । भने, आनमोललाई अमेरिकाबाट ल्याएको चक्लेट उपहार दिएकी थिइन् । सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमा पुर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुनेछ । अर्को भदौ वा असोजमा सिनेमा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । ‘ए मेरो हजुर ४’ पश्चात अनमोल होम प्रोडक्सन सिनेमा ‘एन्टी हिरो’मा व्यस्त हुनेछन् ।

Loading...

प्रतिकृया दिनुहोस्