समाचार

‘कोरोनाको उपचार नुन – तेल – बेसार’ भन्दै प्रधानमनत्री ओलीलाई ब्यग्य गर्दै लगाइयो चर्को नारा

पाल्पा ३०,जेष्ठ । देशै भरि सडकमा स्वतस्फूर्तरुपमा युवाहरु सरकार विरुद्ध निस्कन थालेका छन् । यसैक्रममा आज पाल्पामा पनि युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्लेकाड सहित प्रर्दशन गरेका छन् ।

विभिन्न प्लेकार्डहरु वोकेर सयौैको संख्यामा रहेका युवाहरु तानसेनको जिल्ला प्रशासन कार्यालय अगाडि विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म दुई घण्टा धर्ना समेत दिएका थिए ।

उनीहरुले ‘आरडीटी होइन पीसीआर परीक्षण गर, सरकारको प्राथमिकता केमा कार्पेटमा की जनताको खाली पेटमा, नो पीसीआर, नुन,तेल,वेसार कारोनाको उपचार डा। केपी ओली, हरेक चिजमा भ्रष्टाचार लाज लाग्दैन सरकार, जोक केवल वाहना हो देश लुट्ने चाहना हो, मृत्यु पछि कोरोना रिर्पोट दिने सरकारलाई कर पनि मृत्यु पछि दिए हुन्न भन्ने जस्ता नाराहरु बोकेका प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।

युवाहरुको प्रर्दशनलाई मध्यनजर गरेर जिल्ला प्रशासनले सुरक्षा व्यवस्था समेत कडा बनाएको थियो । पाल्पा जिल्ला प्रशासन कार्यालयको गेटबाट हुलाक, चोक वरपर भौतिक दुरी कायम गरेर युवाहरुले सरकारको काममा तदारुकता देखाउन र कोरोना भाइरसको रोकथाममा लाग्न सचेत गराएको बताएका छन् ।

Related Articles

Back to top button
Close