समाचार

भारतबाट फर्केकालाई कोरोना परीक्षण नगरी घर पठाइने

दैलेख । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने भएको छ ।प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।निर्देशनालयले प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पिसिआर परीक्षण गर्न सकिने जनाउँदै क्वारेन्टिनबाट सिधै घर पठाउन लागिएको जनाइएको हो ।भारतबाट फर्किएर प्रदेशका ९ वटा जिल्लामा हाल ६६ हजार जना क्वारेन्टिनमा बसेकोले ती व्यक्तिको परीक्षण गर्न आरडिटी किट अभाव भएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

१४ दिन क्वारेन्टिनमा बसेका नागरिकमा कुनै लक्षण नदेखिए मापदण्डअनुसार होम क्वारेन्टिनमा पठाउने बताइएको छ । उता कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिए ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close