समाचार

दुईजना सं’क्रमित हुँदा लकडाउन घोषणा गर्ने, ४४ सय सं’क्रमित हुँदा लकडाउन खोल्ने

काठमाडौं । नेपालमा पहिलो को’रोना सं’क्रमित माघ ९ गते पुष्टि भएको थियो । चीनको वुहानबाट आएका जनकपुरका एक विद्यार्थीमा को’रोना सं’क्रमण पुष्टि भएको थियो । उनी एक महिनाको उपचारपछि निको भएर घर फर्किएका थिए । दुई महिनापछि फ्रान्सबाट आएकी एक युवतीमा चैत पहिलो साता को’रोना सं’क्रमण देखियो । उनी कतार एयरवेजमा दुबई हुँदै आएकी थिइन् । चैतको पहिलो सातासम्म नेपालमा दुईजना सं’क्रमितमध्ये एक निको भइसकेका थिए ।

अर्कोको आइसोलेसनमा राखेर उपचार हुँदै थियो । तर, सरकारले एक हप्ते लकडाउनको निर्णय गर्यो । दुई सातासम्म नेपालमा क’डा लकडाउन भयो । त्यसबेला तीन–चारजना मात्र सं’क्रमित थपिएका थिए । तर, गृह मन्त्रालयको निर्देशनमा देशव्यापी लकडाउन कडा बनाइयो । मानिसलाई सडकमा हिँड्न दिइएन । अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारियो ।

तर, अहिले को’रोना सं’क्रमितको संख्या दिनप्रतिदिन तीव्र बढिरहेको छ । हालसम्म ४४ सय सं’क्रमित भइसकेका छन् । तर, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । जतिबेला थोरै सं’क्रमित थिए, त्यतिबेला लकडाउन कडा पार्ने, अहिले ४४ सय सं’क्रमित पुगेपछि लकडाउन खुकुलो बनाउने भन्दै सरकारको आ’लोचना हुन थालेको छ ।

अहिलेसम्म पुष्टि भएका को’रोना सं’क्रमितमध्ये ८० प्रतिशतभन्दा बढी नेपाली पछिल्लो समय भारतबाट आएका रहेको पाइएको छ । सरकारले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि सडकमा सवारीसाधनको चाप बढेको छ । मान्छे सडकमा हूलका हूल निस्किन थालेका छन् ।

अधिकांश पसल खोलिएका छन् । मानिसको बाक्लो आवागमन हुँदा को’रोना सं’क्रमण फैलिने सम्भावना बढी रहेको चिकित्सकहरूको भनाइ छ । यस्तो अवस्थामा पनि सुरक्षा सतर्कता र सामाजिक दूरी भने पालना गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Related Articles

Back to top button
Close