Tuesday, February 18

दुर्घ’टना हुनु एकदिन अघि मात्रै गायक निशान भट्टराइले यस्तो भनेका रहेछन !

January 15, 2020 349

१ माघ २०७६, बुधबार काठमाडौं ,४० को दशकमा नेपाली संगीतिक क्षेत्रमा उदाएका सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराइको आफैंले चलाएको कार दुर्घ’टना हुँदा मंगलबार बिहानै नि’धन भएको छ ।निकै मिठो स्वरका धनी उनी दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्टका संचालक समेत हुन् । आफ्नै रेष्टुरेन्टबाट घर फर्कने क्रममा उनको मंगलबार बिहान करिब १ बजे काठमाडौंको तीनकुनेमा उनको कार बिजुलीको खम्बामा ठो’क्किँदा उनको मृ’त्यु भएको हो ।निशान भट्टराई फेसबुकमा पनि निकै सक्रिय रहन्थे ।

आफ्नो फेसबुक अकाउन्टमा उनले हाम्रो बानथाई रेष्टुरेन्ट भन्दै विभिन्न व्यक्तित्वसँगको तस्बिर पोष्ट गरिरहन्थे ।उनको फेसबुकलाई केलाउने हो भने निशानले आफ्नो रेष्टुरेन्टमा आएका गायक, नायक, कलाकार, पत्रकारदेखि समाजसेवी र सर्वसाधारणसँग फोटो खिचेर राख्ने गरेको पाइयो ।उनले अन्तिम पटक २७ गते आइतबार दुई व्यक्तिसँगको फोटो पोष्ट गर्दै लेखे,‘हाम्रो बान थाइ रेष्टुरेन्ट दरबारमार्ग ।’उनको उक्त फोटोमा आगा लामा नामको फेसबुक अकाउन्टबाट २८ गते यस्तो कमेन्ट आउँछ, ‘हैन निशान दाइ, हाम्रो बानथाइ हाम्रो बानथाइ भन्दै जिन्दगी दरबारमार्ग नै सकाउने हो कि क्या हो…. नाइस ह्यान्डसम दाइ ।

’यसको जवाफमा निशान भट्टराइले लेखेका छन्, ‘हाहाहाहा…. जिना यहाँ मर्ना यहाँ ।’ उनीहरुको यही कमेन्टमा एसआरबी राजभण्डारी नामको फेसबुक अकाउन्टबाट कमेन्ट आएको छ, ‘जे भनेको त्यस्तै भयो ।’ दु’र्घटनमा ज्या’न गु’माएका भट्टराईको हिजोनै दा’हसस्कार गरिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्