भिडियोसमाचार

अदालतबाट बाहिर निस्किएर दिपक बोहोराले दिए खुसीको खबर ! रवि लामिछाने आजै रिहाई हुने (भिडियो)

आ*त्मह*त्या गर्नुअघि शालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा रवि लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि तीन जनालाई प्रहरीले काठमाडौँबाट प*क्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो। अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ।

आ*त्मह*त्या दु*रुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। त्यस्तै, केहीबेर अघि मात्र रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आ*त्मह*त्या दु*रुत्साहनमा मु*द्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई दु*रुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।

त्यस्तै न्युज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोरा पनि आफ्ना सहकर्मीहरु प*क्राउ परेपछि सहकर्मीहरुको रिहाइका लागि चितवन पुगेका छन् । अदालतबाट बाहिर निस्किएर पत्रकारहरुसंग कुरा गर्दै रवि आजै रिहाइ हुने सम्भावना धेरै रहेको बताएका छन् ।

Related Articles

Back to top button
Close