समाचार

नेपालमा कोरोनाका कारण थप १ जनाको निधन, आज यी जिल्लाहरुमा थपिए ३ सय २३ जना कोरोना संक्रमित !

काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिँदै मन्त्रालयले कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामा २९२ जना पुरुष र ३१ जना महिला छन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण निधन हुनेको संख्या १५ पुगेको छ। चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण निधन भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए। सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजितिभ आएको थियो। नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण निधन भइसकेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ । इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । यो सँगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५ सय ८४ जना निको भएर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Related Articles

Back to top button
Close