समाचार

रवि लामिछानेको रिहाईको माग गर्दे चितवनमा आज पनि प्रदर्शन !

सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा चितवनमा आज पनि प्रदर्शन जारी रहेको छ । पत्रकार लामिछानेको रिहाईको माग गर्दे उनिहरुले प्रदर्शन जारी गरेका हुन् ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछाने सहित युवराज कंडेल र अस्मिता कार्कीको रिहाईको माग गर्दे चितवन आसपास लगाएतका जिल्लाबाट समर्थहरुले बिभिन्न नारा सहित शान्ति पुर्ण आन्दोलन गरिरहेका छन् । शान्तिपुर्ण आन्दोलन गरिरहेका समर्थकहरु भरतपुरको चौबीसकोठी, जिल्ला प्रह्री कार्यलय तथा चितवन जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेका छन् । यता प्रहरीले पनि कडा सुरक्षा दिईरहेको जनाएको छ ।

चितवन जिल्लाको सरकारी वकील कार्यालयमा पेश गरिसकेका रवि लामिछाने सहितका तीनै जनालाई आज थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन्।जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ। प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् भने आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने स्रोतले जनाएको छ।अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको अधिवक्ता गोपिलाल देवकोटाले बताउनु भयो । उनिहरुलाई गत साउन ३० गत्ते राती काठमाडौंबाट पक्राउ गरेर चितवन ल्गाएको थियो।

Related Articles

Back to top button
Close