समाचार

सिंगापुर जान लाग्दा मदिरा सेवन गरेकाे भन्दै जहाजबाटै ओरालिए एनआरएन अध्यक्ष भट्ट

काठमाडौं । एनआरएनएका अध्यक्ष भवन भट्टलाई मिदरा सेवन गरेर चढेकाे भन्दै क्रु मेम्बरले हवाई जहाजमा यात्रा गर्नबाट रोकेका छन् ।

उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट पनि काठमाडौँबाट सिंगापुर जान लागेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजमा बसिसकेपछि ओरालिएको हो ।

हवाई जहाजको सिटमा बसिसकेको बेला अध्यक्ष भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई जहाजका क्रु मेम्बरले बाहिर निकालिदिएकाे न्याैपानेले बताए । मदिरा पिएको थाहा पाएपछि जहाजका क्याप्टेन नै आएर ‘हामी तपाईलाई यहाँ राखेर उडान गर्न सक्दैनौँ’ भनी बाहिर निकालेको न्यौपानेले फेसबुकमार्फत बताएका छन् । उनीहरुले सिंगापुर जानका लागि सिल्क एयरकाे जहाजमा बसेका थिए ।

सनत न्यौपानेले बताए अनुसार प्रधानमन्त्रीलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गर्ने साथै सिंगापुरमा बिजनेसका लागि छलफल गर्ने मनशाय थियो । त्यसदिन उनीहरु बिजनेस मिटिङमा सहभागी भएको र हल्का मदिरा सेवन गरेरै विमानस्थल पुगेको बताइएको छ । इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि उनीहरुलाई रोकेको थियो । तर त्यहाँबाट उनीहरुले पास पाएर जहाजमै बसिसकेका वेला क्रु मेम्बरले सिटबाटै ओराले । यस घटनाले आफूहरुको बेइज्जति र अपमान गरेको भट्ट र न्यौपानेले बताएका छन् ।

Related Articles

Back to top button
Close