Saturday, February 22

भोली देखी शुक्रबारसम्म पानी पर्ने

January 14, 2020 1871

काठमाडौं : बुधबारदेखि पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको छ। यही वायुका कारण बुधबार, बिहीबार र शुक्रबार देशका विभिन्न ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको’, मौसम पूर्वानुमान महाशाखाको बुलेटिमा उल्लेख छ।यो प्रणालीका कारण बिहीबार देशका मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको संभावना रहेको छ।

मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सोही भू–भागका एक दुई स्थानमा भारी वर्षाको संभावनासमेत रहेको छ।महाशाखाका अनुसार बिहीबार देशको पूर्वी भू–भागमा बिहीबार आंशिकदेखि सामान्य बदली भइ सामान्य वर्षा हुने सम्भावना छ। यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मशाखाकाले अनुरोध गरेको छ।

Loading...

प्रतिकृया दिनुहोस्