बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?
काठमाडौँ, जेठ २६- आज सोमबार बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढेको छ । त्यस्तै अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ८३ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६ रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ५५ पैसा रहेको छ।