समाचार

रवि लामिछाने सहित तिनै जनालाई अदालत लगियो

काठमाडौँ – पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित ३ जनाको अनुसन्धान सकिएको छ। यसैबिच पुडासैनीले आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकेपछि आज पुनं अदालत लगिसकेको छ ।

दोस्रो पटक थप गरिएको ५ दिनको म्याद आइतबार सकिने भएकाले बिहान उनीहरु तीनै जनालाई अदालत लगिएको हो । प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजाने र अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरिरहेको बताइएको छ। सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएपछि उक्त कार्यालयले अभियोग पत्र अदालतमा पेस गरेपश्चात धुनछेक बहस हुने बताइएको छ ।

Related Articles

Back to top button
Close