समाचार

साउदी राजकुमारको होटेल विनोद चौधरीले ३ अर्ब २० करोड रुपैयाँमा किने

पटक शेयर गरिएको
साउदी राजकुमारको होटेल विनोद चौधरीले ३ अर्ब २० करोड रुपैयाँमा किने
काठमाडौं, २४ जेठ । साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्।

साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्।

कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो ।

केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्‍टाचार अभियोगमा पक्राउ गरिएको थियो।

आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।

साउदी राजकुमारको लगानीमा केन्यामा रहेका सबै व्यवसायबाट उनले हात झिकेका छन्।

अल वालिड विन तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय विक्री गरिसकेका छन्।

उनी भव्य महलमा बस्छन् र उनले बनाएका हरेक चिज उत्कृष्ट हुन्छन् भनेर भन्ने गरिन्छ ।

चौधरीले उक्त्त होटल किनेको खबर आएपछि भारतमा समेत हंगामा मच्चिएको छ ।

Related Articles

Back to top button
Close