समाचार

सरकारलाई राजश्व र कर्मचारीलाई घुसको चिन्ता : भोलीदेखि देशभरका मालपोत खोल्ने निर्णय

काठमाडौ । जनतालाई पेसा-व्यबसाय खोल्न नदिएको सरकार आफैले भने देशभरीका मालपोत कार्यालय खोल्ने भएको छ । यस्तो जटिल अबस्थामापनि सेवा दिएको नाममा कर्मचारीलाई घुस खाने अवशर सरकारले दिएको छ । जटिल अबस्थामा अख्तियार जस्ता नियमक नियकापनि सक्रिय नहुने बेला यसअघि सहज अबस्थामा हुन नसकेका काम यो बेला हुने भएकाले भ्रष्ट्राचार मौलाउँने सामाजिक अभियान्ताको गुनासो छ । उनीहरुले सरकारलाई करको चिन्ता र कर्मचारीलाई कमाउँने अवशर दिन सरकारले गल्ती स्वरुप यो निर्णय लिएको उनीहरुको टिप्पणी छ ।

अभिवक्ता एवं सामाजिक अभियान्ता स्वागत नेपाल भन्छन् यो बेला सरकार आफैले राजश्वमुखी कार्यालय खोलेर जनतामा कोरोना भाइरस फैलाउँन खोजेको छ । यतिमात्र हैन मौकामा चौका हान्ने दाउ दिएर गलत कार्य गर्न सरकारले बाटो खुलाएको छ । यसअघि भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्ने सरकारले सूचना नै जारी गरेर जानकारी गराइसकेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

Related Articles

Back to top button
Close