समाचार

चितवन प्रहरी प्रमुख मल्लले भने हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही हुन्छ

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनी प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको रिहाइको माग गर्दे चितवनमा मात्र नभइ देशभर प्रदर्शन भइरहेको छ । यसैबिच एक्कासी हिरासतमै लामिछानेले दिएको अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि चितवन प्रहरी तनावमा छ।

अडियो अन्तर्वार्ता पनि अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । चितवन प्रहरी श्रोतका अनुसार रवि लामिछानेको अन्तर्वार्ता सार्वजनिक गर्नेको अनुसन्धान भइरहेको बताइएको छ ।हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्वाही गर्ने चेतवानी दिएका छन्।

कहाँबाट भिडियो कसले सार्वजनिक गर्यो भन्ने विषयमा अनुसन्धान शुरु भैरहेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ। यसैबिच आज काठमाडौँमा पनि लामिछानेको रिहाइको माग गर्दै पत्रकार सम्मेलन गरिएको । सम्मेलनमा कलाकार दिपकराज गिरी, निखिल उप्रती लगायतका कलाकारले रविले न्याय पाउनु पर्ने बताएका थिए ।source_OSnepal News

Related Articles

Back to top button
Close