समाचार

छानबिनको सुइ लामिछाने पत्नि नीकिता पौडेलतर्फ पनि

प्रहरीले पत्रकार शाली’कराम पुडासैनी आत्म’हत्या प्रकरण छानबिनका क्रममा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नि निकिता पौडेलमाथि पनि छा’नबिन गर्ने भएको छ ।

केही दिनअघि रविलाई हिरासतमा खाना खुवाउन भनेर गएका बेला रविको ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आरा’ेपमा उनीमाथि छान’बिन हुने भएको हो । सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आ’रोप लगाएका छन् ।

रविले मृ’तक पत्रकार पुडा’सैनीका परिवारलाई मल्लले बोलाएर आफूविरुद्ध हिटानी जा’हेरी दिन लगाएको पनि उल्लेख गरेका छन । रविको उक्त अडियो युट्युमा छ । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभि’योगबारे बोल्न मिल्दैन । तर, गैरकानूनी रुपमा प्रतिबन्धित काम गरेको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्ने भएको छ ।

‘निकिताले खाना खुवाउने क्रममा रविको अडियो रेकर्ड गरेर बाहिर दिएको पुष्टि भएको छ’, चितवन प्रहरीका एक अधिकृतले काठमाण्डुटुडेसँग भने, ‘अनु’सन्धान प्रभावित पार्ने नियतले प्रतिबन्धित काम गरेको अभियोगमा छानबिन हुन्छ ।’ लामिछाने पत्नि पौडेल केही दिनअघि शाली’कराम पुडा’सैनीले आत्मह’त्याअघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको आरोपमा चितवनका एसपी मल्ल र जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठविरुद्ध साइबर क्राइम मुद्दा दर्ता गर्न प्रहरीमा गएकी थिइन । तर, प्रहरीले उ’जुरी लिन अस्वीकार गरेको थियो ।

२० साउनमा नारायणगढस्थित एक होटलमा झुण्’डि एर आत्मह’त्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियोमा आफू रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीेका कारण आत्मह’त्या गर्न बाध्य भएको बताएका छन । सोही भिडियोका आधारमा मुलुकुी अप’राध संहिताअन्तर्गत कार’बाहीका लागि उनीहरु तीनैजनालाई प्रहरीले काठमाण्डुबाट प’क्राउ गरी चितवन लगेको हो । लामिछाने समर्थकले रविको पक्षमा हुने गरी घटना अनुसन्धानका लागि दबाब दिन काठमाण्डु र चितवनमा दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् ।source_ktm dainik

Related Articles

Back to top button
Close