समाचार

संशोधन गरेर नेपालको नयाँ नक्सा संविधानको अंग बनाउँन नअलमलिउँ नअलमलाउँ : गगन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले नक्सा प्रकरणमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनु भएका थापाले भन्नु भएको छ, ‘पहिला,परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको संविधान संशोधन विधेयक संसदबाट पारित गरेर नक्सा संविधानको अंग बन्ने प्रक्रिया टुङ्ग्याइन्छ । त्यस पश्चात मात्र आवश्यकता अनुसार संशोधनका अन्य प्रस्ताव संसदको बिजनेसमा पर्न सक्छ ।

नअलमलिउँ नअलमलाउँ ।’ उहाँको इसारा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सालाई संविधानको अंग बन्ने गरी आएको विधेयकमा भइरहेको ढिलाईतर्फ रहेको छ । अहिले नेपाली कांग्रेसका केही सांसद, मधेशवादी दलहरु र राजपाले फरक मत राख्दै संसोधन विधेयक दर्ता गराएका छन् । त्यसले गर्दा प्रक्रिया ढिलाई हुने हो की भन्ने बहस चलिरहेका बेला थापाले कुरा स्पष्ट पार्नुभएको हो ।

Related Articles

Back to top button
Close