भिडियोसमाचार

‘आ*त्मह*त्याको दु*रुत्साहन भनिएको कुरा गलत साबित भएर अन्तमा रवि निर्दोष भएर छुट्नेछन्’ – पूर्व डीआईजी विजय भट्ट

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्यामा जोडिएका तीन व्यक्तिलाई साउन ३० मा काठमाडौँमा प*क्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो । सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्र*दर्शन उस्तै छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबीसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा नै जारी गरे पनि माहोल सुधार भएको छैन । कारण, शालिकरामलाई आ*त्मह*त्या गर्न बाध्य पारेको आ*रोपमा प*क्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक ।

सोही आरोपमा पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्कीसमेत प*क्राउ परेका छन् । तीनै जना प*क्राउको कारण र प्रमाण एउटै हो तर उनीहरुबारे कोही बोलेका छैनन् । माग छ त, केवल रविको रिहाईको । न्युज २४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका रविको प*क्राउलाई उनका समर्थक ष*ड्यन्त्र भन्छन् । रवि भ्रष्टाचारविरुद्ध लागेकाले सबै मिलेर उनीविरुद्ध ष*ड्यन्त्र गरेको उनीहरुको मत देखिन्छ तर प*क्राउको कारणले उनीहरुको तर्कमा त्यत्ति दम देखिन्न । रविकै पूर्व सहकर्मी शालिकरामले देह*त्याग गर्नुअगाडि खिचेको भिडियो प*क्राउको कारण हो । जसमा उनले रविसहित तीन जनाको नाम लिएर भनेका छन्, ‘मलाई मर्ने बाध्य पार्ने तिमी हौ । तिमीलाई नेपालको कानुनअनुसार कार्बाही होस् । ह*त्यारा तिमी हौ ।’

यसैबीच, पूर्व डीआईजी विजय भट्टले पनि रविको बारेमा बोल्दै भने, जसरी आ*त्मह*त्याको दु*रुत्साहन भनिएको छ त्यो गलत छ र अन्तमा रवि लामिछाने निर्दोष साबित भएर बाहिर आउनेछन् ।’ ‘कसैले कसैको कारणले आ*त्मह*त्या गरेमा त्यो मु*द्दामा कुनै मन्त्रि या अरु कसैलाई कारवाही गर्न सकिन्छ ?’ भन्ने प्रश्न गरे । नेपालमा भ्रष्टचार शिखरमा पुगेको र त्यसलाई ‘बेस केम्प’मा झार्न रविको ठुलो भूमिका छ भनेका छन् । रविलाई प्रहरीले फसाउन खोजेको हो या अनुसन्धान गरेको भन्ने प्रश्नमा उनले भने, यस्तो कुरामा प्रहरीले कहिले पनि फसाउदैन र प्रहरीले आफ्नो कर्तब्य अनुसार अहिले अनुसन्धान भइरहेको छ ।’ जनता पनि प्रहरीप्रति नकारात्मक छैनन् तर राजनीतिक दवाबका कारण बिश्वासको कमि भएको बताएका छन् ।

उनले भनेका कुरा भिडियोमा हेर्नुहोला :

Related Articles

Back to top button