Monday, January 27

सन्ताेष र प्रमिला सुनारबारे चल्याे रूवाउने दाेहाेरी (भिडियो हेर्नुस्)

January 14, 2020 1525

भरतपुर २९ पुस- श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएको समाचार चर्चामा छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रतमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।

अहिले भर्खर सन्ताेष र प्रमिला सुनारबारे बन्याे रूवाउने गीत सार्वजनिक भएकाे छ । त्यस गीतले दर्शकलाइ रूवाएकाे गुनासाे रहेकाे छ । श्रीमतीले जानी बेलामा आफ्नो बुहारीलाई फोन गरेर म अब कि जानै पर्छ कि म*र्न पर्छ भनेर बताएको कुरा श्रीमानले आज भरतपुरमा पत्रकार सम्मेलन बताएमा छन ।

उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउँदै गर्दा उनी निकै भावुक बने ।

उनको बोली नै अवरुद्ध भएको छ । उनले बोल्नै नसकेपछि संगै रहेकी दिदीले थप कुरा खुलाएकी थिइन् । श्रीमती घर बाहिर निस्कनु अघि एक दिन पहिला पनि फोनमा कुरा भएको उनले बताए । उनले आफु हेर्दा नराम्रो भएपनि मैले जति सुख कसैले नदिने पनि उनले दावी गरे ।

उनले निकै भावुक हुँदै भने प्रमिला मलाई धोका दिएर गएकी छौं, म कसम खाएर भन्छु मैले जति माया तिमीलाई कसैले पनि खुसी दिन सक्दैन । प्रमिलाले आफु घर बाहिर निस्केर जानु अघि आफ्नो भाईबुहारीलाई फोन गरेर आफु अरुनै केटासंग विवाह गरेर जान लागेको बताएको आफुले जानकारी पाएको बताए ।

भिडियाे

Loading...

प्रतिकृया दिनुहोस्