अन्तर्राष्ट्रिय समाचार

‘वादा रहा सनम’ जस्ता चर्चीत गीत लेखेका वरिष्ठ भारतीय गीतकार अनवर सागरको निधन

एजेन्सी । भारतमा बलिडका प्रख्यात् गीतकार अनवर सागरको बुधवार निधन भएको छ। भारतीय सञ्चार माध्यमले सो कुराको पुष्टि गर्दै समाचारमा उल्लेख गरेका छन् ।

नवभारत टाइम्सका अनुसार मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा ७० वर्षीय सागरको बुधबार निधन भएको हो। तर उनको निधनको कारण भने अहिले सम्म पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ।

आईपीआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड) ले ट्विट गर्दै उनको निधन पुष्टि गरेको छ।

ट्विटरमा भनिएको छ, ‘अनुभवी गीतकार तथा आईपीआरएसका सदस्यसमेत रहेका अनवर सागरजीको निधन भएको छ। उहाँ वादा रहा सनमजस्ता गीतका कारण परिचित हुनुहुन्छ। उहाँले विजय पथ र यारानाजस्ता सफल चलचित्रका लागि पनि गीत लेख्नुभएको छ। यो अप्ठ्यारो समयमा हाम्रो प्रार्थना उहाँको परिवारको साथमा छ। उहाँको आत्माले शान्ति पाओस्।’

उनले लेखेका धेरै गीतहरु चर्चामा छन् । उनले विजय पथ र यारानालगायतका फिल्ममा पनि गीत लेखेका छन् ।

दिवंगत अनवर सागरका छोरा सुल्तान सागरले बिहान स्वास्थ्य खराब भएपछि उनलाई सुजोय, मोर्डन, क्रिटी केयरजस्ता थुप्रै अस्पतालमा लगिएको तर कसैले पनि ठाउँ खाली नभएको भन्दै उपचार गर्न अस्विकार गरेको बताए ।

पछि उनलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पताल पुर्याएको र त्यतिबेलासम्म उनको धड्कन बन्द भएको र हृदयघातका कारण मृत्यु भएको उनले बताए । उनलाई बुधबार १२ बजे मृत घोषणा गरियो ।

गायक तथा इन्डियन पर्फर्मिङ राइट सोसाइटीका बोर्ड सदस्य सैयद अहमदले अनवर सागर लामो समयदेखि मुटुरोग सम्बन्धि रोगसँग जुधिरहेको बताए । उनका श्रीमती र दुई सन्तान छन् ।

Related Articles

Back to top button
Close