भिडियोसमाचार

शालिकराम प्रकरणमा रविसँगै मुछिएकी अस्मिता कार्कीका दाई पहिलो पटक मिडियामा

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी मृत्यु प्रकरणमा चर्चित संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र तत्कालिन समयकी प्रेमीका भनिएकी रुकु कार्की यो पक्ररणमा तानिएपछि शालिक र रुकुबिचको कुराकानीको पत्रा पत्रा प्रहरीले अहिले केलाइरहेको छ ।

साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेको करिब २ हप्तापछि काठमाडौँबाट पुडासैनीले भिडियोमा नाम लिएकी युवती अस्मिता सहित ३ जनालाई काठमाडौँबाट पक्राउ गरेर चितवन लगेपछि हंगामा नै भएको छ ।

शालिकले आत्महत्याको दोष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएसँगै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका बेला शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य प्रहरीले भेट्टाएका बेला यो घटनामा जोडीएकी युवती अस्मिताका दाई जगत कार्की पहिलो पटक मिडियामा आएका छन् ।

जगतले बहिनी अस्मिताको नाम शालिकरामको भिडियोमा आउँदा बिरामी आमालाई अस्पतालमा आमालाई कुरेर बसेको बताएका छन् । अस्मिताका दाई जगतसँग गरिएको कुराकानी हेर्नुहोस् जस्ताको त्यस्तै

Related Articles

Back to top button
Close