समाचार

रविलाई हिरासतमै भेट्न पुगेर सर्बेन्द्रले भने, ‘खतरा भए मलाई फोन गर्नु’

चितवन : चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् । चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले लामिछाने र उनीसँगै हिरासतमा रहेका युवराज कँडेललाई भेटेका हुन् । खनाल शुक्रबार चितवनको जिल्ला प्रहरी कार्यालय निरीक्षणको क्रममा थिए ।

कार्यालय निरीक्षणको समयमा उनले लामिछानेलाई भेट गरेको चितवन प्रहरीले जनाएको छ । भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते मृ त भेटिएका थिए । पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले प क्राउ गरेको छ ।

Related Articles

Back to top button
Close