Monday, January 27

यी हुन् सबैभन्दा कान्छा गिनिज वर्ल्ड रेर्कड राख्ने ५ बर्सिय आशमान

January 14, 2020 170

पाँच वर्षीय आशमान तनेजालाई गिनिज वर्ल्ड रेर्कडले सम्मान गरेको छ । तनेजा गिनिज वर्ल्ड रेर्कडमा नाम बनाउन सफल कम उमेरका व्यक्ति हुन् । उनलाई यो सम्मान लगातार एक घण्टा तेक्वान्डो–घुडा प्रहार विजेताको रुपमा दिइएको हो । उनी ‘युएस वर्ल्ड ओपन तेक्वान्डो’ का रजत पदक विजेता पनि हुन् ।

आशमानका पिता आशीष तनेजाका अनुसार यस उपलब्धिका लागि आशमानले कडा मिहिनेत गरेका छन् । उनले एक घण्टासम्म बिना कुनै समस्या सफलतापूर्वक १२०० पटकभन्दा अधिक प्र’हार गरी सबैलाई अच्चमित बनाएका छन् ।

तनेजाका दिदी तेक्वान्डो खेलाडी हुन् । आफ्नै दिदीबाट प्रेरणा मिलेको उनले बताएका छन् । साथै आशमानले आफ्नो दिदीसँग प्रशिक्षण लिने गर्छन् ।

Loading...

प्रतिकृया दिनुहोस्